हेटौंडा । हेटौडा–६, चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाले कपडाको झोला बनाउने तालिम शुरु गरेको छ ।
संस्थामा आवद्ध महिलाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्धेश्यका साथ कपडाको झोला बनाउने कामको शुरुवात गरिएको संस्थाका अध्यक्ष उदय विडारीले बताए ।
शोभा श्रेष्ठले सहजीकरण गरेको झोला बनाउने काममा स्थानीय १० जना महिलाहरुले काम गरिहेको कार्यक्रम संयोजक शिव गौतमले बताए ।
प्रतिक्रिया दिनुहोस्