हेटौंडा । हेटौडा–६ रामनगर निवासी रत्नबहादुर खड्काले आफनी आमाको प्रथम वार्षिक पुण्यतिधिमा यहाँको एक वृद्धालाई खाद्यान्न सहयोग गरेका छन ।

खडकाले आफनी आमा गणमाया खडको प्रथम पुण्यतिथिमा हेटौडा–१७ गैरीगाउँमा रहेको श्रीमदभागवत ज्ञानसञ्चार वृद्धाश्रमलाई मिक्सचर १ थान, १ बोरा चामल, ५ केजी आलु, २ लिटर तेल, १ काटुन फुटी, फलफल सहयोग गरेका हुन ।

बृद्धाआश्रमका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल लगायतकाको सहभागिता रहेको थियो ।

भीमसेन पौडेल
थप जानकारी