हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्राचौरमा निर्माण गरिएको रोटरी क्लब अफ हेटौंडाको पाँच तले भवनको उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरि बहादुर महतले कुल १ करोड ४६ लाख १० हजार रुपैयाँ लागतमा निर्माण गरिएको भवनको उद्घाटन गरेका हुन ।

भवन निर्माणका लागि उपमहानगरपालिकाले १२ लाख ७७ हजार रुपैयाँ र उपमहानगरपालिकाकै शिलिङमा वडा मार्फत ४ लाख रुपैयाँ सहयोग गरिएको थियो । भवन निर्माणका लागि सुलोचना सिग्देलले १५ हजार रुपियाँ र तत्कालिन हेटौंडा औद्योगिक क्षेत्रका महाप्रबन्धकबाट ५ हजार प्राप्त भएको थियो । भवन निर्माणका लागि रोटरीका सदस्यहरुबाट बाँकी रकम संकलन गरिएको थियो ।

कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देल, रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष रामप्रसाद शर्मा, सन्तोष रिजाल, ओम गोर्खाली लगायतकाको सहभागिता रहेको थियो ।