हेटौंडा । अहिले वाग्मती प्रदेशको राजधानी हेटौंडामा चर्चाको बिषय बनेको छ, छुरा प्रहार प्रकरण । हेटौंडा–५ का २९ वर्षीय सिर्जन यादवले हेटौंडा–७ की अनिशा राईलाई छुरा प्रहार गरि फरार भएका छन ।

यादव शुक्रवार चितवनबाट हेटौंडा आएका थिए । चितवनमा रहेका यादव निकट साथीले उनले हेटौंडामा घट्ना घटाएर फरार रहेको समाचार थाहापाएपछि यादवले उनकै कोठामा छाडेको ब्याग बारे चितवन प्र्रहरीलाई जानकारी गराएका थिए ।

हेटौंडा–८, कमानेस्थित स्मृति टोलमा शुक्रबार साँझ युवतीलाई छुरा प्रहार गरि फरार रहेका युवकलाई प्रहरीले खोजि गरिरहेको प्रहरीले जनाएको छ । युवतीको घाँटीको पछाडि भागमा चोट लागेको र काठमाडौंस्थित ट्रमा सेन्टरबाट नर्भिक अस्पतालमा सारिएको छ । उनको हेटौंडामा उपचारपश्चात् थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो । उनको अवस्थामा सामान्य सुधार हुँदै गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर बहुमुखी क्याम्पस एम एड तेस्रो सेमेस्टरमा अध्ययनरत राई मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जाल सदस्य, सानाहातहरु नेपालका सदस्य, सुरक्षित वैदेशिक रोजगार परामर्श दाताको रुपमा कार्यरत रहेकी थिइन् ।