हेटौंडा । पोखरा महानगरपालिका–२८ मा रहेका मैदीपाखो सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरुद्वारा हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको स्थलगत अवलोकन गरेका छन ।

भ्रमणका सहभागिहरुलाई रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने,सचिव नानीमाया रुम्बा, सदस्य अनिता बुढाथोकी, अम्बिका बिक., कार्यालय सचिव भीमसेन पौडेल ,वनहेरालु हरिचन्द्र सापकोटा, उन्नती आयआर्जन महिला समूहकी अध्यक्ष विमला कुमारी दंगाल लगायतकाले स्वागत गरेका थिए ।

सहभागीहरुलाई अध्यक्ष विष्णुप्रसाद न्यौपाने र कार्यालय सचिव भीमसेन पौडेलले समूहले गरेका विभिन्न गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । सहभागिहरुलाई समूहको ऐतिहासिक पृष्ठभूमि, वन व्यवस्थापन, संस्थागत विकास, महिला सहभागिता, वनडढेलो नियन्त्रण, सामाजिक कार्य, आयआर्जन, पर्यापर्यटकीय क्षेत्रको विकास, स्वास्थ्य, शिक्षा लगायतमा समूहले गरेका कार्यहरुको बारेमा जानकारी गराईएको थियो ।

सो अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले महासंघले गरेका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए ।

मैदीपाखो सामुदायिक वनका अध्यक्ष भोलानाथ रुपाखेतीको नेतृत्वमा आएको भ्रमणदलमा २० जनाको सहभागिता रहेको थियो । हाल सम्म रानी सामुदायिक वनको ५ सय ५६ वटा भ्रमण टोलीहरुले अवलोकन गरिसकेको समूहकी सचिव नानीमायाँ रुम्बाले बताईन ।

भीमसेन पौडेल
थप जानकारी