हेटौंडा । मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीस्थित स्कुलचोकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

बसको ठक्करबाट नेवारपानी बस्ने ७३ वर्षीय मान बहादुर ढकालको मृत्यु भएको हो । मोरङ उर्लाबारीबाट काठमाण्डौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १३६५ नम्बरको बसले बिहीबार विहान ढकाललाई ठक्कर दिएको थियोे ।

ठक्करबाट गम्भिर घाईते भएका उनको उपचारको लागी हेटौडा अस्पताल पठाईएकोमा हेटौडा अस्पताल पुग्नासाथ डाक्टरलले मृत घोषणा गरेको थियो । बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको, घट्ना बारे अन्य अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरीले जनाएको छ ।