हेटौडा । हेटौडा–६, चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाद्वारा सञ्चालित सात दिने झोला बनाउने तालिम शुक्रवार सकिएको छ । सहकारी संस्थामा आवद्ध महिलाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउन र संस्थाको उद्धेश्य अनुसारको काम गर्न तालिम सञ्चालन गरिएको हो ।

सहकारी संस्थाका अध्यक्ष उदय विडारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष गौरब कुमार पराजुली, नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, सञ्चालक सदस्य मन्दिरा घिमिरे, व्यवस्थापक भीमसेन पौडेल, सञ्चालक समितिका पदाधिकारी, कर्मचारी लगायतको सहभागिता थियो ।

शोभा श्रेष्ठले सहजीकरण गरेको तालिममा १० जना महिलाहरु सहभागी थिए । तालिम पश्चात महिलाहरुले झोला, खादा, स्कूल व्याग लगायतका सामाग्रीहरु बनाउने, विक्री गर्ने र यस कार्यमा संस्थाले सहजीकरणको व्यवस्था मिलाउने सञ्चालक सदस्य शिव प्रसाद गौतमले बताए । संस्थामा करिब ६ सय शेयर सदस्यहरु आवद्ध रहेको जनाइएको छ ।

भीमसेन पौडेल
थप जानकारी