कास्की । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ मा विगत चार बर्षदेखि लक्ष्मण गुरुङ र वविता गुरुङ दम्पत्तिले होटल संचालन गरेका छन ।

उनीहरुले मार्दी ट्रेकिङ रुटमा न्यू पितम देउराली गेष्ट हाउस एण्ड रेष्टुरेन्ट संचालन गरेका हुन । स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सेवा दिने हेतुले गुरुङ दपत्तिले सुबिधा सम्पन्न होटल संचालन गरेका छन । ग्राहकको सन्तुष्टीलाई ध्यानमा राख्दै उनीहरुले नेपाली तथा बिदेशी स्वादमा खाना समते उपलब्ध गराएका छन । सुन्दर, शान्त र पर्यटकीय क्षेत्र पोखराबाट मार्दी हिमाल ट्रेकिङमा जानेहरुको पहिलो गन्तव्य मै पितम देउराली होटलले सेवा दिएको छ ।

पोखराबाट गाडिमा साढे एक घण्टा तथा काँडेबाट हिडेर आउँदा दुई घण्टाको दुरीमा रहेको यस होटलले मार्दी हिमाल पुग्नु भन्दा पहिला खान बस्न सहितको सेवा उपलब्ध गराएको छ । लामो समय संघर्ष गरेर यहाँ सम्म आइपुगेका होटल संचालक लक्ष्मण गुरुङले पर्यटकलाई खाने, बस्ने सेवा सहितको होटल संचालनमा ल्याएका हुन । उनलाई उनकी पत्नी वविता गुरुङले सहयोग गरेकी छन । दुवै जना मिलेर काम गरेका छौं, व्यवसाय राम्रै चलेको छ, गुरुङले भने ।न्यू पितम देउराली गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा ९ वटा सुबिधा सम्पन्न कोठाहरु रहेका छन । एटेज शौचालय सहित चिसोतातो पानी, फ्रि वाइफाइ, नेपाली स्वाद तथा विदेशी स्वादको खाना उपलब्ध रहेको छ ।

एक रात पोखराबाट मार्दी हिमाल ट्रेकिङकमा जानेहरुलाई अन्नपूर्ण –७ देउरालीमा रहेको न्यू पितम देउराली गेष्ट हाउस उपयुक्त रहेको छ । पारिवारीक वातावरणमा सस्तो, सुलभ र भरपर्दो सेवा सहित होटल संचालनमा रहेको छ । होटलबाट मनोरम दृश्यहरु देख्न सकिन्छ । होटलका संचालक लक्ष्मण गुरुङका अनुसार यस होटलबाट अन्नपूर्ण हिमचुली, माछा पुच्छ«े, गंगा पूर्ण हिमाल, अन्नपूर्ण टु हिमाल, अन्नपूर्ण थ्री, मार्दी हिमाल, लमजुङ हिमाल, पोखरा भ्याली समेत देख्न सकिने छ ।

एबिसी र मार्दी हिमाल ट्रेकिङमा जाँदा एक रात यहाँ बस्न उपयुक्त रहेको होटल संचालक गुरुङले बताए । असोज, कात्र्तिक र मंसिर तथा फागुन, चैत्र र बैशाख महिना यस क्षेत्रमा पर्यटकहरु आउने सिजन रहेको उनले बताए । सिजनका बेला दैनिक ३० देखि ४० जना होटलमा आउने गरेका छन । यहाँ आन्तरिक पर्यटक मात्रै नभई फ्रान्स, जर्मनी, स्पेन, अमेरिका लगायतका देशहरुबाट पर्यटक आउने गरेको होटल संचालक गुरुङले आफ्नो अनुभव सुनाए ।

करिव एक करोड लगानीमा संचालन गरिएको होटल व्यवसाय कोरोनाको समयमा भने डुबेको उनले बताए । आन्तरिक तथा बाह्य पर्यटकहरु कोरोनाले रोकिदा होटल व्यवसाय धरापमा परेको थियो । कोभिड आउनु भन्दा पहिले होटल व्यवसाय राम्रो थियो, उनले भने कोभिड महामारीका कारण व्यवसाय धरापमा प¥यो । पछिल्लो केही महिना यता बिस्तारै व्यवसायमा सुधार भएको उनले बताए ।

सानो पसल व्यवसायबाट व्यवसाय सुरुवात गरेका उनले जीवनमा धेरै संघर्ष र मेहन गरे । उनले नेपालम मात्रै नभई बिदेशमा समेत रोजगारीका लागि पुगे । उनले अरबको खाडीमा पसिना बगाए, उनी वैदेशिक रोजगारीको क्रममा साउदी अरब पुगे । दलालको फन्दामा परेर उनले रोजगारीमा जाँदा एक लाख रुपियाँ बुझाए, उनी राम्रो काम पाइने आशामा पुगे तर, साउदी पुगेपछि मात्रै उनलाई थाहाँ भयो दलाले फसायो । फुलबारीमा काम गर्ने भनेर साउदी पुगेका उनलाई मजरा (खेती) गर्ने ठाउँ तथा निर्माण क्षेत्रमा लेभरका रुपमा काम लगाईयो । साउदीमा उनी बाख्रा गोठालो पनि हुन प¥यो । दलालको फेरमा परेर साउदी पुगेका उनले सम्झौंता अनुसारको काम र सेवा सुविधा पाएनन ।

ऋण गरेर साउदी पुगेका गुरुङ नेपाल फर्कने अवस्थामा थिएनन् । उनी बाध्यताका कारण साउदीमा कष्टकर जीवन भोग्न बाध्य भए, भिसाको समय अर्थात तीन बर्ष जसोतसो पुरा गरेर उनी नेपाल फर्किए । साउदी जाँदाको ऋण अझैं बाँकी थियो, उनी फेरि विदेशीन बाध्य भए । नेपालमा केही गर्ने वातावरण नदेखेपछि उनी आर्थिक अवस्था सुधारिने आशामा दुबई पुगे । साउदीमा जस्तै उनलाई दुबई पनि फापेन, सम्झौंतामा भने अनुसार काम र तलब उनले पाएनन । ऋणका कारण उनी संग बिकल्प थिएन । उनी जसोतसो भिसाको म्याद अनुसारको समय बिताए । ऋण तिरे अनि नेपाल फर्किए । उनी नेपाल फर्कदा उनी संग विदेशमा कमाएको तीस हजार मात्रै बाँकी थियो । विदेशमा हन्डर र दुःख भोगेर फर्केका उनले अब बिदेश नजाने अठोट गरे अनि नेपालमै केही गर्नुपर्छ भनेर होटल व्यवसाय सुरुवात गरेका थिए । उनलाई होटल व्यवसाय संचालन गर्न तथा अगाडि बढ्न होटल व्यवसायमै करिव २१ बर्ष बिताई सकेकी उनकी श्रीमति वविताले सारथीको भूमिका खेलिन र अहिले दुबै जना मिलेर होटल संचालन गरेका छन । जीवनमा अनेकौं दुःख, कष्ट र हन्डर खाएर गुरुङ दम्पत्तिले संचालन गरेको होटल व्यवसाय मार्फत रोजगारी पनि दिएका छन ।