हेटौंडा । हेटौडा–६ मा ज्येष्ठ नागरिक वडा मञ्च गठन भएको छ । रानी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा सम्पन्न भएको वडा भेलाले बासुदेव सापकोटाको अध्यक्षतामा ८ सदस्यीय ज्येष्ठ नागरिक वडा मञ्च सर्वसम्मत चयन गरेको हो ।

समितिको सचिवमा जीवकुमारी पौडेल, कोषाध्यक्षमा भीमसेन पौडेल सर्वसम्मत चयन भएका हुन । सदस्यहरुमा पूर्ण बहादुर राई, भीमबहादुर महत, रजनी गौतम, सरस्वती चौलागाई र राम प्रसाद खतिवडा चयन भएका हुन । मञ्च गठन ज्येष्ठ नागरिक जिल्ला संघ, मकवानपुको आयोजना र हेटौडा उपमहानगरपालिकाको सहयोगमा भएको हो ।

कार्यक्रम हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम ज्येष्ठ नागरिक मञ्च मकवानपुरका अध्यक्ष हरिप्रसाद सिग्देलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष केशव धिताल, नवप्रभात टोल विकास संस्थाकी अध्यक्ष शोभा घिमिर, भुलभुले टोल विकास संस्थाका अध्यक्ष रिपु प्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो ।

मञ्चले बैशाख १० गते सम्म नगरका १९ वटै वडामा ज्येष्ठ नागरिक मञ्च गठन गर्ने र अहिले सम्म वडा नं. १, १९, १० र ६ मा गठन गरेको मञ्चका जिल्ला उपाध्यक्ष बुद्धि प्रसाद पौडेलले बताए ।

भीमसेन पौडेल
थप जानकारी