हेटौंडा । हेटौडा– ६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहले विहिवार वनडढेलो नियन्त्रण सचेतना तालिमको आयोजना गरेको छ ।

वनलाई कसरी डढेलो बाट बचाउने र लागेमा कसरी निभाउन सकिन्छ भन्ने बारेमा जानकारी दिन तालिमको आयोजना गरिएको हो । तालिममा सव डिभिजन वन कार्यालय, हेटौडाका फरेष्टर यदुकुमार घिमिरे र रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेलले सहजीकरण गरेका थिए ।

तालिम वन समूहका अध्यक्ष सूर्यबहादुर घलानको सभाध्यक्षतामा सम्पन्न भएको थियो । तालिममा कार्यसमितिका पदाधिकारी, लेखा समितिका सदस्यहरु र उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

यसैगरी सोहि समूहमा वन अनुसन्धान बबरमहल, काठमाण्डौको आयोजनामा मिचाहा प्रजातीको अनुकुलान तथा व्यवस्थापन सम्वन्धि छलफल कार्यत्रमको आयोजना गरियो ।
जङगलमा पाईने वनमारा, लज्जावती झार लगायतकाले पार्ने प्रभावको बारेमा सहायक अनुसन्धान अधिकृत केशव घिमिरेले जानकारी गराउनु भएको थियो । यो कार्यक्रममा मकवानपुर, बारा, पर्सा, चितवन, काभ्रे र सिन्धुपाल्चोकमा गर्ने योजना रहेको अधिकृत घिमिरेले बताए । छलफल कार्यक्रममा वन समूहका पदाधिकारी र उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

भीमसेन पौडेल
थप जानकारी