हेटौंडा । मकवानपुर प्रहरीले ३५ किलो लागुऔषध गाँजा सहित पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागूऔषध सहित चितवन राप्ती नगरपालिका वडा नं. १ बस्ने बर्ष १९ बर्षीय सरोज तामाङ, वडा नं. ११ का २५ बर्षीय सुर्य बहादुर स्याङबो, २८ बर्षीय होमनाथ मुक्तान, २५ बर्षीय यमराज मुक्तान र ३४ बर्षीय एबी लाल तामाङ्लाई पक्राउ गरेको हो । प्रहरीले झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा बरामद गरेको थियो ।

प्रहरीले मनहरी गाउँपालिका वडा नं. ६ स्थित पूर्व पश्चितम लोकमार्ग सडक खण्डमा चितवनबाट हेटौँडा जाँदै गरेको बा ८ ख ८१०६ नं. को यात्रुवाहक बसमा सवार पाँचै जनालाई नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा गएको टोलीले लागुऔषध सहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।