काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण देशभरको मौसममा सामान्य बदली देखिएको छ ।

प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आज मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पनि देशका विभिन्न स्थानमा मौसम बदली रही प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ।

राति देशका पहाडी भू–भागमा सामान्य बदली रही प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।