हेटौंडा । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा सम्पन्न हुने बताएका छन् ।

निर्वाचन आयोगको कार्यालयले शनिबार हेटौंडामा आयोजना गरेको मिडिया अभिमुखिकरणा कार्यक्रममा बोल्दै बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने कुरा प्रष्ट पारेका हुन् ।

उनले कार्यक्रममा बोल्दै निर्वाचन आयोगले बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको व्यवस्थापन चुस्तदुरुस्त रहेको बताउदै निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत तथा अधिकृतलाई अभिमुखिकरणा दिइसकेको जानकारी दिए ।