हेटौंडा । मकवानपुरको हेटौंडा–८ कर्राको एक मासु पसलमा आगलागी भएको छ ।

शनिबार बिहान साँढे ११ बजे लागेको आगलागी करिब १ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मासु पोल्नेक्रममा आगलागी हुँदा टहराहरु, लत्ताकपडा र कुखुरा गरी ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।