हेटौंडा । हेटौडा–६, चौघडा निवासी समाजसेवी भीमसेन पौडेलले यहाँको एक विद्यालयमा अध्ययनरत २ जना विद्यार्थीलाई छात्रवति प्रदान गरेका छन ।

पौडेलले आफनो स्वर्गीय पत्नी दुर्गादेवी पौडेलको स्मृतिमा हेटौडा–६ बारुतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयमा कक्षा १ का आयुश राउत र कक्षा–४ मा अध्ययनरत अनुस्का राउतलाई छात्रवृति प्रदान गरेका हुन ।

दुवै विद्यार्थीहरुलाई हेटौडा–६ का वडा सदस्य विजय पौडेलले कपी, कलम र पोशाक वितरण गरेका हुन । सञ्चारकर्मी पौडेलले यस अघि हेटौडा–६ चौघडामा रहेको बंशगोपाल माविमा कक्षा–११ मा अध्ययनरत धावा घिसिङ र कक्षा–१२ मा अध्ययनरत सुष्मा गौतमलाई छात्रवृति वितरण गरेका थिए ।

छात्रवृति वितरणमा विद्यालयकी प्रधानाध्यापक मन्दिरा घिमिरे, विद्यालयका शिक्षक, शिक्षिका लगायतको सहभागिता थियो । करिव १ सय ८० विद्यार्थीहरु रहेको यस विद्यालयमा टुहुरा, गरिव, दलित तथा जनजातीका विद्यार्थीहर अध्ययन गर्ने गरेको शिक्षक दीपक कुमार थापाले बताए ।