हेटौंडा । नेकपा एमालेका तर्फबाट हेटौंडा उपमहानगरपालिकाका निर्बाचित सदस्यहरू मध्यबाट संसदीय दलको नेतामा नवीन सिग्देल चयन भएका छन ।
स्थानीय तहमा पार्टिको तर्फबाट प्रभावकारी भुमिका निर्बाह गर्न तथा पार्टीका घोषित नीति कार्यक्रमलाई स्थानीय तहमा प्रभावकारी ढंगले कार्यान्वयन गराउन एमालेले हेटौंडा उपमहानगरपालिका संसदीय दल गठन गरेको हो ।
दलको उप नेतामा अनिल बाँनिया, प्रमुख सचेतक सुनिल मोक्तान, सचेतक जुना दाहाल, चयन भएका छन् । संसदीय दलको बोर्ड सचिबमा फुर्वा दोर्जे लामा चयन भएका छन् ।
१९ सदस्यीय बोर्ड गठन भएको छ । हेटौंडा उपमहानगर कार्यपालिकामा एमालेका ५४ जना सदस्य छन् । एमाले केन्द्रीय सदस्य रामेश्वर राना, केन्द्रीय सल्लाहकार सदस्य डोरमणि पौडेल, केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको आतिथ्यतामा संसदीय दलको जिम्मेवारी बाँडफाँड गरिएको थियो ।












प्रतिक्रिया दिनुहोस्