हेटौंडा । नेकपा एमाले हेटौँडा उपमहानगरपालिका दलले आफ्ना पाटीका बहुमत नगरसभा सदस्यहरुलाई कुनै वास्तानै नगरीकन एकलौटी ढंगले बजेट ल्याएकोमा बिरोध गरेको छ ।
पटक पटकको छलफलमा मेयर र उपमेयरले आफ्ना हठ नत्यागेकाले सहमती जुट्न नसकेको एमालेका कार्यपालिकाका सदस्यहरुले बताएका छन् । हेटौँडा उपमहानगरपालिकाको प्रथम नगर सभामा नगर प्रमुखले हठ र घमण्ड गरि बैठक स्थगित गरेकोप्रति बहुमत कार्यपालिका सदस्यहरुको गम्भीर ध्यानकर्षण भएको एमालेका उपमहानगरपालिका दलका नेता नविन सिग्देलले बताए ।
एमालेका नगरसभाका सदस्यहरुले पत्रकार सम्मेलन गर्दै मेयर र उपमेयरले एकलौटी ढंगले नीति, कार्यक्रम र बजेट निर्माण गरेको र विषयगत समिति नबनाई, कुनै पनि कार्यपालिका सदस्यहरुलाई सहभागी नगराई बजेटसभामा ल्याएकोमा बिरोध गरिएको सिग्देलले बताए ।

विधि सम्मत छलफल नगर्नु, नगर कार्यपालिका बैठकले पारित गरि नगरसभामा पेश गर्नुपर्नेमा नगर प्रमुख र उपप्रमुखले मनोमानी, एकलौटी र असम्बन्धित व्यक्तिहरुको संलग्नतामा बजेट तयार गरि सिदै नगरसभामा प्रस्तुत गर्ने तयारीलाई सच्चाउनु पर्ने माग राखिएको हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मुक्तानले बताए ।
नगरसभालाई सरल र सहज ढंगबाट सञ्चालन गर्नको लागि मकवानपुरमा क्रियाशिल दलहरुका नेताहरु समेत बीचको सहमतिलाई नगर प्रमुखले अटेर गरि नगरसभा स्थगित गर्नु सबैको लागि दुःखद् विषय बनेको र यस्तो गैर जिम्मेवारपूर्ण र अकर्मण्यताप्रति पालिका दलको तर्फबाट यो प्रेस विज्ञप्ति मार्फत खेद व्यक्त गरिएको एमालेका तर्फबाट उपमहानगरपालिकामा प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्यहरुले बताएका छन् ।

आवश्यक छलफल र गृहकार्य विना नगरबासीको बृहत्तर हित विपरित निर्वाचन ताका कै गठबन्धनको धङ्धगीबाट मुक्त हुनुपर्ने, नगर प्रमुखले सबैको र साझा चरित्र देखाउन पर्ने, स्थानीय सरकार सञ्चालन ऐनको मर्म र भावना विपरित र बाझिएका निमावली र कार्यविधि संसोधनको लागि नगरसभाका बहुमत सदस्यहरू ५४ जनाको हस्ताक्षरसहित पेश गरेको संसोधन प्रस्तावको दर्ता गर्नुपर्ने र नगर प्रमुख असंबैधानिक, अलोकतान्त्रिक र असहिष्णु प्रवृत्तिबाट मुक्त हुनुपर्ने माग राखिएको छ ।
एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ मा रहेको व्यवस्थालाई संशोधन गरिनुपर्ने माग राख्दै आएको छ । एमालेले नगरसभामा बहुमत रहेको दलसँग समन्वय नै नगरी नीति तथा कार्यक्रम र बजेट तयार पारेको भन्दै विरोधसमेत गर्दै आएको छ । कुल ९५ नगरसभा सदस्यमध्ये नेकपा एमालेका ५४ जना रहेका छन् । बागमती प्रदेशको एक मात्रै उपमहानगर हेटौंडाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न करिब २ अर्ब ७१ करोड ७९ लाख बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।












प्रतिक्रिया दिनुहोस्