हेटौंडा । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरले हेटौंडा उपमहानगर कमिटी, मकवानपुर बहुमुखी क्याम्पस कमिटी र हेटौंडा क्याम्पस कमिटीलाइ आज पूर्णता दिएको छ ।

नेकपा एमाले मकवानपुर जिल्ला पार्टि कार्यालयमा आज एक भेलाको आयोजना गर्दै उक्त कमिटीहरुलाइ पूर्णता दिएको हो । यस अघि उक्त कमिटीहरुमा संयोजक मात्र तोकिएको थियो भने आज हेटौंडा उपमहानगर कमिटीको सह–संयोजक मा सागर गौतम चयन भएका छन भने मकवानपुर बहुमुखी क्यामपस कमिटी सचिबमा प्रसिध्द रेग्मी चयन भएका छन साथै हेटांैडा क्याम्पस कमिटी सह–संयोजकमा दिपेश मिश्र छन । साथै कमिटीहरुमा सदस्य समेत चयन गरिएको छ ।

भेलामा नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा विद्यार्थी इन्चार्ज ईश्वर ढुंगाना, नेकपा एमाले जिल्ला सदस्य एवम् पार्टी अनेरास्ववियु सह इन्चार्ज शिवहरि दाहाल, केन्द्रिय सचिवालय सदस्य एवम् मकवानपुर इन्चार्ज किशन घिसिङ्ग, अनेरास्ववियु मकवानपुर अध्यक्ष बिशाल पौडेल लगायतकाको उपस्थिती रहेको थियो ।