हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हराएका ११ थान मोबाइल र नगद बरामद गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

प्रहरीले मंगलबार हराएका ती मोबाइल र नगद सम्बन्धित धनीलाई बोलाएर जिम्मा लगाएको हो । प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले विभिन्न कम्पनीका ती मोबाइल खोजी गरि सम्बन्धित धनीलाई बुझाइएको बताए ।

हराएको नगद १० हजार पाँच सय पनि सम्बन्धित धनीलाई बोलाएर जिम्मा लगाइएको कार्कीले बताए ।