हेटौंडा । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समिति अध्यक्षमा युवराज श्रेष्ठ चयन भएका छन ।

फोनिज बागमती प्रदेशको पुस २१ गते हेटौंडामा सुरु भएको अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यसैगरी, उपाध्यक्षमा राजेश रुम्बा (चितवन), डोल्मा शेर्पा (काठमाडौं)
(महिलातर्फ), महासचिवमा श्याम राना (काठमाडौं), संगठन सचिव शिशिर दोङ (काभ्रे), संस्थागत सचिव राजु नापित (काठमाडौं), कोषाध्यक्ष शंकर श्रेष्ठ (धादिङ) चयन भएका छन् ।

सदस्यहरुमा मिना श्रेष्ठ (मकवानपुर), कमला तामाङ (अस्मि) (सिन्धुली), पासाङ शेर्पा (सिन्धुपाल्चोक), पूर्णबहादुर मगर (विशाल), उद्धवकुमार श्रेष्ठ (सिन्धुली), अर्विन्द्रमान सिंह (चितवन), सरोज लामा, पासाङ घिसिङ (ललितपुर), रविन्द्र सिंजाली मगर, दिक्की डोल्मा शेर्पा (सिन्धुपाल्चोक), पूर्वा तामाङ रसुवा), सञ्जय चौधरी (चितवन), हिरालाल गुरुङ (चितवन) सर्वसम्मत चयन भएका छन । २१ सदस्यीय समितिमा संस्थागत सदस्यमा पदाधिकारीको बैठकले पछि एकजना मनोनयन गर्नेछ ।

दोस्रो प्रादेशिक अधिवेशनबाट संघीय प्रतिनीधिमा सम्झना श्रेष्ठ, पूर्णभक्त दुवाल, पेमा लामालाई सर्वसम्मत चयन गरिएको छ । त्यस्तै प्रदेश समितिको अनुशासन समिति संयोजकमा बाबुकाजी श्रेष्ठ, सदस्यहरुमा रिदेन महर्जन, रसिया श्रेष्ठ चयन भएका छन् । राजेन्द्र मानन्धरको संयोजकत्वमा दोलख गुरुङ, राकेश चौधरी सदस्य रहने गरी लेखा समिति सर्वसम्मत चयन गरिएको छ ।