हेटौंडा । मकवानपुरको हेटौंडामा कोटीहोम महायज्ञ सुरु भएको छ । हेटौंडा–१० स्थित गोरक्षश्वर मन्दिर परिसरमा जारी महायज्ञ पुस २७ गतेसम्म हरेक दिन हवन बिहान ६ बजेबाट ११ बजेसम्म र वाचन दिनको १२ बजे देखि ४ बजेसम्म,पितृमोक्ष गंगा आरती ४ बजे देखि ५ बजेसम्म तथा भजन किर्तन ५ बजेदेखि ६ बजेसम्म हुनेछ ।

२१ वर्ष पछि नेपालमै हेटौंडाबाट कोटिहोमको सुरुवात गरिएको धर्मपाल गुरु वशिष्ठले बताए । उनले हिन्दू धर्म रक्षा र संस्कृत जागरण अभियानको लागि कोटीहोमको सुरुवात गरिएको बताए । कोटिहोमले हवन गर्दा उत्पन्न हुने वातावरणले वायुमण्डलाई पवित्र तुल्याउनले उनले बताए ।

महायज्ञ सप्ताहव्यापी कार्यक्रममा श्रीनिवासाचार्य,गुरु लहाक्पा लामा,केशव आचार्य दास,उमामहेश्वरी,विष्णु देव,ज्ञानी गुरु बखश सिंह,सुशिला दिदी,नेपाल केशरी मणिभद्र महाराज,धर्माचार्य कृष्णप्रसाद गुरागाई,सन्त माधव महाराज लगाएतले कथा प्रवचन गर्ने आयोजकले जनाएको छ ।