हेटौंडा । समृद्ध नेपालको लागि नयाँ पाइला संस्थाले हेटौंडामा शुक्रबार गरेको निःशुल्क दन्त शिविर तथा सुगर–प्रेसर जाँच कार्यक्रममा २ सय ३४ जनाले सेवा लिएका छन् ।

हेटौंडाको बुद्धचोकमा भएको कार्यक्रममा ८२ जनाले दन्त सम्बन्धी र १५२ जनाले सुगर–प्रेसर सम्बन्धी निःशुल्क सेवा लिएका हुन् । शिविरमा उज्ज्वल डेण्टल केयर एण्ड अर्थोडेण्टीस सेन्टर र डाइनामिक सर्जिकल हाउस मुख्य प्रायोजक रहेको थियो ।

दन्त सम्बन्धी समस्या भएको जेष्ठ नागरिक तथा अपाङ्गता भएको बिरामीलाई ५० प्रतिशतदेखी बिरामीको अवस्था हेरेर निःशुल्क सेवा दिन तत्पर रहेको उज्ज्वल डेण्टलका डा. दिलिप कुमार शाहले बताए । उनले बालबालिकाको लागि ३० प्रतिशत र वयस्कको लागि २५ प्रतिशत छुटमा उपचार हुने समेत जानकारी दिए ।