हेटौंडा । एम भि दुगड ग्रुप अध्यक्ष मोतीलाल दुगडको ७५ औं जन्म दिनको अवसरमा रक्तदान तथा बृक्षारोपण गरिएको छ । एम भि दुगड ग्रुपको दुगड अटो क्लिनिक हेटौंडाको आयोजनामा कार्यक्रम गरिएको हो ।

हेटौंडाको औद्योगिक क्षेत्रमा रहेको दुगड अटो क्लिनकको प्राङगणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए । रेडक्रम हेटौंडाको प्राबिधिक सहयोगमा कार्यक्रम भएको कार्यक्रम संयोजक हरिहर कुमार अधिकारीले जानकारी दिए ।

त्यस्तै हेटौंडाको औद्योगिक क्षेत्रमा रहेको पानी ट्याङकी अगाडिको सडकबाट दायाँबायाँ क्षेत्रमा बृक्षारोपण गरिएको छ । कपुर र तेजपात जातका २ सय ५ बटा बिरुवाहरु रोपण गरिएको हो । कार्यक्रममा हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक राजेन्द्र कडेल लगायतकाको सहभागिता रहेको थियो ।