हेटौंडा । अखिल नेपाल औद्योगिक मजदुर संघ मकवानपुरको ८ औं जिल्ला अधिवेशनले पुनः ज्ञानेन्द्र लामिछानेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा बेलीकुमारी दोङ र एक्काबहादुर डंगोल, सचिवमा जयराम धिताल, कोषाध्यक्षमा पञ्चबहादुर लामा, सहसचिवमा पुर्णबहादुर घलान र रेशम कोईराला तथा सदस्यहरुमा धर्मदत्त कुईकेल, दिपक लामा, हेमकान्त पौडेल, रोहित गिरी, शिवराज सञ्जेल, भरत कार्की, मोहन स्याङ्तान, विनोद श्रेष्ठ, श्रीकृष्ण भण्डारी, सन्तोष खड्का, रामकुमार बिक, विष्णु मुक्तान, बोधराज दुलाल, दिलबहादुर चौधरी, गोमा न्यौपाने, सीता बर्तौला रहेका छन् ।

हेटौंडामा भएको कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रीय सदस्य मानकुमारी नेपालीको प्रमुख आतिथ्य तथा माओवादी केन्द्रका बागमती प्रदेशका उपाध्यक्ष प्रेमबाहादुर पुलामी (छिन्तु)को विशेष अतिथ्य रहेको थियो । अखिल नेपाल औद्योगिक मजदुर संघ मकवानपुरका अध्यक्ष ज्ञानेन्द्र लामिछानेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय अध्यक्ष भुमबहादुर रेग्मी (किरण), युवा ईन्चार्ज जनक शर्मा, अखिल नेपाल ट्रेड युनियन महासंघका बागमती प्रदेश अध्यक्ष शिव पोखरेल, प्रदेश सदस्य बिष्णु राना, अखिल नेपाल औद्योगिक मजदुर संघका बागमती प्रदेश अध्यक्ष होमबहादुर खड्का, अखिल नेपाल ट्रेड युनियन महासंघका मकवानपुर अध्यक्ष गंगा प्रसाद भट्टराई, पूर्व संयोजक प्रकाश पौडेल, संगठन विभाग प्रमुख रामशरण घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए । जिल्ला सम्मेलनले १५ सदस्यीय युवा मजदुर र १५ सदस्यीय महिला मजदुर कमिटी पनि गठन गरेको बताईएको छ ।

अनिरुद्रखबर संवाददाता
थप जानकारी