हेटौंडा । धरानचतरा सडकखण्ड अन्तर्गत हेटौंडा–१७ कठायतचोकमा बोलेरो गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको ज्यान गएको छ।
सोमबार राति सडक खण्डमा ठुलोदमारतर्फबाट हटियातर्फ आउँदै गरेको ना५च २९९ नम्बरको खालि बोलेरो पिकअप गाडिले सडकको छेउमा रोकि बा ४४ प ३८०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा रहेका चालक पर्सा बिरगंज –१ बस्ने ३१ बर्षीय धर्मेन्द्र राम थारूको मृत्यु भएको हो ।
बोलेरोको ठक्करबाट गम्भीर घाइते थारूको उपचारको क्रममा हेटौंडा अस्पताल ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताएका छन् । बोलेरो प्रहरी नियन्त्रणमा रहेपनि बोलेरो चालक हाल फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्