हेटौंडा । मकवानपुरको बकैयाँ गाउँपालिका स्थित बकैया हस्पिटल छतिवन गरगरेलाई एक्स्रे मेसिन तथा ठिगंन स्वास्थ्य चौकी भवन निर्माणको लागी आवश्यक बजेट माग गरिएको छ ।

बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालको सक्रियतामा बजेट माग गरिएको हो । अध्यक्ष खनालले स्वास्थ मन्त्री बिरोध खतिवडालाई भेटेर जनतालाई स्वास्थ्य क्षेत्रमा सहज पहुँच र सेवाका लागि बजेट उपलब्ध गराई दिन आग्रह गर्दै आवश्यक कागजात बुझाएका थिए ।