दाङ । दाङको घोराहीमा डिभाइन युथ क्लवले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

घोराही–१ मा रहेको सिद्ध प्राथमिक बिद्यालयमा पढ्ने विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री विरतण गरेको हो । जाडो अत्याधिक बढेकाले बिद्यार्थीहरुलाई पठनपाठन गर्न सहज होस् भन्ने उद्देश्यले क्लवले सुइटर, टोपी वितरण गरेको हो । चिसो बढी रहेको बेला न्यानो कपडा पाएपछि बिद्यार्थीहरु पनि खुसी भएका थिए ।

डिभाइन युथ क्लवमा रहेका पदाधिकारीहरुले आफूले खाजा खाने रकमबाट बचाएर समाजमा केही गर्नु पर्छ भन्ने उद्देश्यले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुन् । डिभाइन युथ क्लवले देशभर नै न्यानो कपडा बितरण अभियान चलाएको छ । राधा माधव समिति अन्तर्गत डिभाइन युथ क्लव २०६९ सालमा स्थापित क्लव हो । यसको नेपाल भर ६५ वटा भन्दा बढी शाखाहरु रहेका छन् ।