हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नं. १, प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायमै गरेकी छिन् । गठबन्धनकी उम्मेदवार डिनाले सुर्य चुनाव चिन्ह लिएर एमालेबाट उम्मेदवार बनेका कमल थापालाई १९ सय ४९ मतले पछि पारेकी हुन ।

हालसम्म २० हजार ६७२ मत गणना गर्दा काँग्रेसकी डिनाले ८ हजार ३६६ मत प्राप्त गर्दा थापाले ६ हजार ४१७ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका दिपक बहादुर सिंहले ३ हजार ६०६ मत प्राप्त गरेका छन् । यहाँ हाल सम्म एकहजार २८ मत बदर भएको छ ।