हेटौंडा । हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २६ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

हेटौडा उपमहानगरपालिकाकी मेयर मीना लामाको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा समूहका अध्यक्ष न्यौपानेले संस्थागत प्रतिवेदन, सचिव नानीमाया रुम्वाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गोमा लामिछानेले चालु आव ०७९÷०८० को लागि ४९ लाखको अनुमानित आयव्यय विवरण, लेखा संयोजक श्यामकुमार श्रेष्ठले लेखा समितिको प्रतिवेदन र कार्यालय सचिव भीमसेन पौडेलले आव. ०७८÷०७९ को लेखा परिक्षण प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा सिधा खवर डटकमका सम्पादक श्रीराम दाहाल, डिभिजन वन कार्यालय, मकवानपुरका सहायक वन अधिकृत बसन्तराज गौतम, ज्येष्ठ उपभेक्ता मिठुदेवी रिमाल, गणेश बहादुर घिसिङ, उत्कृष्ठ विद्यार्थीमा अस्मिता चौलागाई र विनायक भट्टराईलाई पुरस्कृत गरिएको थियो ।

साधारणसभामा हेटौडा–६ का कार्यवाहक अध्यक्ष विजय पौडेल, वडा सदस्य सरिता सापकोटा, निवर्तमान अध्यक्ष अर्जुन प्रसाद चौलागाई, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, सव डिभिजन वन कार्यालय, हेटौडाका प्रमुख रामचन्द्र श्रेष्ठ, समुहका सल्लाहकार कृष्ण बिडारी, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष ज्ञान बहादुर क्षेत्री, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, श्रमिक साना किसान सहकारीका अध्यक्ष निर्मला लम्साल, समूहका उपाध्यक्ष केशव धिताल लगायतकाले मन्तव्य ब्यक्त गरेका थिए ।

१३४ हेक्टर क्षेत्रफलमा फैलिएको समूहमा ८ सय ५० घरधुरी आवद्ध रहेका छन ।

भीमसेन पौडेल
थप जानकारी