हेटौंडा । हेटौंडामा हात बाँधेर झुन्डिएको अवस्थामा एक बालकको शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ स्थित हटियामा सोमबार हात बाँधिएर बालकलाई रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अन्दाजी १२ वर्षका मुस्कान भनिने सुजन थिङ दुवै हात बाँधिएर रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्किले बताए । बालकको आत्महत्या नभई हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उनका अनुसार अनुसन्धानका क्रममा २ जनालाई पक्राउ गरी प्रहरी नियन्त्रणमा राखिएको छ ।