काठमाडौं । नेकपा माओवादी केन्द्रले उपाध्यक्षमा दुईजनालाई मनोनीत गरेको छ ।
हालै सम्पन्न स्थायी समिति बैठकले पूर्वसभामुख अग्नि सापकोटा र पम्फा भुसाललाई उपाध्यक्ष बनाएको महासचिव देव गुरुङले जानकारी दिए । पम्फा यसअघि उपमहासचिव थिइन् ।
माओवादीमा कृष्णबहादुर महरामात्र उपाध्यक्ष रहेकोमा पार्टीमा अब तीनजना उपाध्यक्ष भएका छन् ।
स्थायी समितिले पदाधिकारी, स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समिति पनि टुंग्याएको छ ।
जस अनुसार पदाधिकारी २२, स्थायी समिति ४४ जना, केन्द्रीय समिति ३८६, वैकल्पिक केन्द्रीय समिति २०२ जनाको बनेको बताइएको छ ।












प्रतिक्रिया दिनुहोस्