कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

२०७९ सालमा कर्कट राशि हुनेहरूका लागि सुखदायी नै रहनेछ । बृहस्पतिको अनुकूलताले वर्ष भरिनै भाग्यमा वृद्धि हुनेछ । सन्तान सुख मिल्नेछ । शुभ, धार्मिक यात्रा र मङ्गल कार्यको योग पनि रहनेछ । व्यवसायीक सन्दर्भमा नयाँ व्यक्ति र नयाँ कम्पनीसँग आवद्ध भइनेछ । वैदेशिक यात्रा हुनेछ, तर विश्वासिलो व्यक्तिसँगको सम्बन्धमा नचाहँदा नचाहँदै चिसोपना आउनसक्छ ।

व्यापार/व्यवसाय
यो वर्ष व्यापार व्यवसायमा लगानी गर्नु फलदायी नै रहने छ । प्रविधि, शैक्षिक क्षेत्र, खानेकुरा, पर्यटक र शेयर कारोबार राम्रो रहने छैन । घर जग्गामा लागेकाहरूलाई भने त्यति राम्रो नरहन सक्छ । आर्थिक दृष्टिले वैशाख, जेठ, असोज महिना बलियो रहनेछ भने असार र पुष महिना कमजोर रहनेछ ।

प्रेम/सम्बन्ध
यो वर्ष प्रेममा परेका व्यक्तिहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्ने र घर परिवारको समर्थन पनि लिन सक्छन् । वैशाख र साउन महिनामा तपाईंलाई कसैले मन पराउन सक्छन् र टाढिएका मित्रसँग पुन: सम्बन्ध गाँसिन सक्छ घरपरिवारसँग सम्बन्ध पनि बलियो नै हुनेछ ।

शिक्षा
यो वर्ष अध्ययन र अध्यापनको लागि राम्रो रहेको छ । अड्कीएका विषय उत्तीर्ण गर्न सकिनेछ । वैदेशिक क्षेत्रका शिक्षार्थीहरूलाई पनि राम्रै सफलता मिल्नेछ । स्वस्थ, प्राविधिक र इन्जिनियरिङका शिक्षार्थीहरूलाई अधिक राम्रो हुने र देश विदेशको यात्रा तय हुनेछन् ।

पेशा/रोजगार
स्वास्थ्य, सेवा र निर्माणका विषयमा आवद्ध व्यक्तिहरूलाई राम्रो लाभ मिल्नेछ । सामाजिक क्षेत्रमा काम गर्नेहरूले राज्यबाट मान सम्मान पाउनेछन् । शिक्षक तथा सुरक्षा निकायका कर्मचारीहरूलाई सरुवा र बढुवा हुनसक्छ । वैदेशिक रोजगार र भने कमजोर हुनेछ ।

स्वास्थ्य
स्वास्थ्य सामान्य नै रहनेछ । घरपरिवारको औषध उपचारमा खर्च बढ्नेछ । नसा तथा हड्डीको समस्या बढ्न सक्छ, अत: आफ्नो स्वास्थ्यप्रति सतर्कता अपनाउनु उचित होला ।

शुभ रङ्ग
सेतो, गुलाबी, कालो, पहेँलो र खैरो शुभ रङ्ग हो ।

शुभ अङ्क
२, ५, ७, र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
गौ सेवा या वृद्धहरूलाई सहयोग गर्नाले मानसिक शान्ति मिल्नेछ । सोमबार शिवजीको दर्शन, पूजा र आरधना गर्नाले ग्रह पीडा कम हुनेछ । प्रत्येक दिन निमुखा प्राणी तथा चराचुरुङ्गीलाई खानेकुरा दिनाले पनि भाग्यमा वृद्धि हुनेछ

साभारः हाम्रो पात्रो