साउदी अरब र संयुक्त अरब इमिरेट्स यूएईले द्वन्द्वग्रस्त यमनलाई तीन अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएका छन् ।

यमनी राष्ट्रपति अब्द–रब्बु मनसुर हाडीको नेतृत्वमा रहेको परिषद्को गठनपछि यमनका लागि सहयोगको घोषणा गरिएको हो ।

साउदी अरब र यूएईले संयुक्त रूपमा प्रस्तावित दुई अर्ब डलर र संयुक्त अरब इमिरेट्स यमनको केन्द्रीय बैंकमार्फत यमनमा आधारभूत सहयोगका लागि रकम दिइने भएको हो ।

यो सहयोग रकम पेट्रोलियम पदार्थ तथा विकास परियोजनामा खर्च गरिनेछ । यसैबीच, साउदी अरबले यमनी परिषद्लाई हुथी विद्रोहीसँग वार्ता सुरु गर्न आग्रह गरेको छ ।

एजेन्सीको सहयोगमा तयार पारिएको ।