नयाँ दिल्ली : आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लामा सोमबार  राति कोणार्क एक्सप्रेस रेलको ठक्करबाट छ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेहरु गुवाहाटी जाँदै गरेको सुपरफास्ट एक्सप्रेसका यात्रु रहेको प्रहरीले जनाएको छ । प्राविधिक गडबडीका कारण उनीहरुको रेल बटुवा गाउँ नजिकै रोकिएको थियो र उनीहरु सबै तल ट्र्याकमा खसेका थिए ।

अर्कोतर्फबाट आइरहेको कोणार्क एक्सप्रेसले यी ६ जनालाई कुल्चेर छाडेको थियो ।

सरकारी रेलवे पुलिस (जीआरपी) दुर्घटनास्थलमा पुगेर थप हताहती भएको छ कि छैन भनेर अनुसन्धान गरिरहेको छ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगनमोहन रेड्डीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले जिल्ला प्रशासनलाई उद्धार कार्यमा जुट्न र घाइतेलाई सहयोग गर्न निर्देशन दिएका छन् ।

बीबीसी