अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जातीय नरसंहार गराएको आरोप लगाएका छन ।

पुटिनको आदेशमा युक्रेनमा गएको फेब्रुअरी २४ देखि रुसी सेनाले आक्रमण गर्दै आएको छ । रुसी सैनिकले गैरसैनिकको हत्या गरेका प्रमाणहरु आउने क्रम जारी रहेको बाइडेनले बताए । पुटिनको आदेशमा युक्रेनमा भइरहेको अत्याचार ‘नरसंहार’ रहेको बाइडेनको भनाइ छ ।

युक्रेन तथा विश्वका विभिन्न देशका नेता एवं अन्तर्राष्ट्रिय संगठनहरुले लगातार नरसंहार तथा युद्ध अपराधको आरोप लगाउँदै छानबिनको माग गर्दै आएका छन् । अमेरिकाले यसअघिसम्म रुसले युक्रेनमा युद्ध अपराध गरेको बताउँदै आएको थियो ।