कतार । कतारको जेलमा बन्दी जीवन बिताइरहेका २१ जना नेपालीले आममाफी पाएका छन् । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमदानको अवसरमा कतार सरकारले २१ जना नेपाली कैदीलाई आममाफी दिएको हो ।

कतारका अमिर (राजा) मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा कतारको बन्दी गृहमा जीवन बिताइरहेका २१ जना नेपालीलाई माफी दिएका हुन ।

यौनजन्य क्रियाकलापमा संलग्न ३ जना, चोरीजन्य क्रियाकलापमा ११ जना, मादकपद्धार्थ बिक्रि वितरणमा २ र आर्थिक हिनामिनामा ५ जना कसुरदार ठहरी सजाय भोगिरहेका नेपालीले आम माफी पाएको नेपाली राजदुतावास दोहा कतारले जनाएको छ । आम माफी पाउने व्यक्तिलाई सम्बन्धित निकायमा जानकारी गराउने प्रक्रियामा रहेको दुतावासको बिज्ञप्तीमा उल्लेख छ ।

कतार सरकारले रमादानको अवसरमा प्रत्येक बर्ष बन्दी गेहमा सजाय भोगिरहेका कैदीबन्दीहरुलाई आम माफी दिर्दै आएको छ । हाल कतारमा ३ लाख ५० हजार नेपालीहरु कार्यरत रहेका छन ।

अनिल पराजुली
थप जानकारी