काठमाण्डौ ।  बहराइनमा कागजातविहीन ‘अनडकुमेन्टेड’ भएका नेपाली श्रमिकहरुलाई कोरोनाको दोस्रो मात्रा पनि लगाइएको छ ।

बहराइनमा रही विभिन्न कारणले खोप लगाउन नपाएका अनडकुमेन्टेड नेपाली श्रमिकलाई यही डिसेम्बर २१ म कोरोना विरुद्ध खोपको दोस्रो मात्रा लगाइएको बहराइमा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासको पहलमा बहराइन सरकारद्वारा नोभेम्बर ३० मा खोपको पहिलो मात्रा दिइएको थियो ।