In this undated photo provided by Al Jazeera Media Network, Shireen Abu Akleh, a journalist for Al Jazeera network, stands in an area where the Dome of the Rock shrine at Al-Aqsa Mosque in the Old City of Jerusalem is seen at right in the background. Abu Akleh, a well-known Palestinian female reporter for the broadcaster's Arabic language channel, was shot and killed while covering an Israeli raid in the occupied West Bank town of Jenin early Wednesday, May 11, 2022. (Al Jazeera Media Network via AP)

एजेन्सी । अल जजिरा टिभीकी पत्रकार शिरिन अबु अकलेहलाई इजरायली फौजले गोली हानी हत्या गरेको छ ।

वेस्ट ब्याङ्कमा रहेको शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमणबारे समाचार सङ्कलनको क्रममा रहेकी पत्रकार शिरिनलाई इजरायली फौजले गोली हानी हत्या गरेको हो ।

प्रेसको पहिचान खुल्ने ज्याकेट लगाएर रिपोर्टिङ गरिरहेको अवस्थामा पत्रकार शिरिनमाथि गोली प्रहार भएको अल जजिराले जनाएको छ । इजरायली सेनाको आक्रमणबाट अर्का एक प्यालेस्टाइनी पत्रकार अली अल समौदी घाइते भएका छन ।

अल जजिराले विज्ञप्ति निकालेर हत्याको घटनाप्रति आपत्ति जनाउँदै इजरायली सेनालाई जिम्मेवार बनाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । इजरायली सेनाले बेस्ट ब्याङ्क क्षेत्रमा अत्यधिक बल प्रयोग गरेको अल जजिराको भनाइ छ ।

ह्युमन राइट्स वाचका लागि इजरायल र प्यालेस्टाइन निर्देशक ओमार शाकिरले इजरायली सेनाले पत्रकारमाथि गरेको आक्रमण असामान्य रहेको प्रतिक्रिया दिएका छन । इजरायली सेनाले हत्याको बारेमा प्रतिक्रिया दिएको छैन ।