हेटौंडा । मकवानपुरगढी–३, मक्रान्चुलीमा रहेको हिमाल महिला बहुउद्धेश्यीय सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

साधारणसभालाई सम्वोधन गर्दै मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरेले सहकारीले सदस्यहरुको आर्थिक एवम सामाजिक क्षेत्रको विकास हुने काम गर्नु पर्ने बताए ।
सहकारीको माध्यमबाट गरिवी न्यूनीकरण गर्न सकिने भएकाले त्यस्तो कार्यक्रमलाई वडाले समेत सहयोग गर्ने बताए । वडा भित्र रहेका सबै सहकारीलाई एकत्रित गर्नु पर्नेमा वहाको जोड थियो ।

साधारणसभामा संस्थाकी अध्यक्ष जानकी दाहालले संस्थागत प्रतिवेदन र लेखा संयोजक जोसिना बत्र्तौलाले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा पूर्व अध्यक्ष भीम कुमारी न्यौपाने, पूर्व ब्यवस्थापक राधिका सापकोटा,धेरै शेयर रकम जम्मा गर्ने अम्विका पराजुली, अधिक बचतकर्ता असली कारोवारी सपना सुनचुरी लगायतकालाई पुरस्कृत गरिएको थियो ।

साधारणसभामा संस्थाकी संस्थापक अध्यक्ष शोभिता पोखरेल, पूर्व अध्यक्ष भीमकुमारी न्यौपाने, निर्मला लम्साल, राष्ट्रिय सहकारी बैंक, हेटौडाका प्रमुख रामेश्वर अर्याल, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, धमिले कृषि सहकारीका अध्यक्ष नवराज सञ्जेल, चुच्चेखोला सामुदायिक वनका उपाध्यक्ष उमेश अधिकारी, सिर्जनशि समाज सहकारीकी ब्यवस्थापक विमला न्यौपाने, सहकारीकी ब्यवस्थापक शुभद्रा घिमिरे, सञ्चारकर्मी भीमसेन पौडेल, एमपी शर्मा लगायतको उपस्थिति रहेको थियो । सहकारीको शेयर पूँजी २९ लाख ५० हजार निक्षेप ३ करोड ८८ लाख र ऋण लगानी ४ करोड ९१ लाख रहेको संस्थाले जनाएको छ ।