हेटौंडा । मकवानपुरमा सहकारीको क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै हेटौंडा–४ मा रहेको जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरको बार्षिक समीक्षा कार्यक्रमको अवसरमा सहकारीलाई सम्मान गरिएको हो । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्थाका अध्यक्ष वसन्तराज गौतमलाई सम्मानपत्र सहित सम्मानित गरेका हुन् ।

सबैका लागि एक र एकका लागि सबै भन्ने मान्यताले २०६६ सालमा सहकारी स्थापना भएको थियो । ६९६ जना शेयर सदस्य आवद्ध रहेको संस्थाको शेयर पुँजी १ करोड ६१ लाख १७ हजार ५ सय रुपैयाँ रहेको छ भने कुल बचत ३ करोड ८२ लाख ७६ हजार रुपैयाँ रहेको संस्थाका अध्यक्ष वसन्तराज गौतमले जानकारी दिए ।

संस्थाले मासिक बचतमा ८ प्रतिशत, बाल बचतमा ९ प्रतिशत, ऐच्छिक बचत र साधारण बचतमा ६ प्रतिशत तथा आवधिक बचतमा बार्षिक ११ प्रतिशत ब्याज दिदै आएको छ ।