काठमाडौं । विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि  आज २६ गतेसम्म निष्काशन खुला गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) आइतबार बाँडफाँट हुने भएको छ ।

उक्त कम्पनीको एफपीओ बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको आफ्नै कार्यालय ठमेल, काठमाडौंमा   आइतबार बिहान ८ बजे बाँडफाँट गर्ने तयारी गरिएको छ ।

कम्पनीको एफपीओका लागि १९ लाख ७४ हजार ७ सय ९ जनाले २ अर्ब ३३ करोड ८४ लाख ५२ हजार रुपियाँ बराबरको २ करोड ३३ लाख ८४ हजार ५२० कित्ताका लागि आवेदन दिएका छन् ।

उक्त कम्पनीले ५१ लाख २९ हजार २ सय रुपियाँको प्रतिकित्ता १ सय रुपियाँ अंकित मूल्यमा ५१ हजार २९२.५० कित्ता एफपीओ निष्काशन गरेको थियो ।

सो कम्पनीको शेयर ५ हजार १ सय २९ जनाले मात्रै १०-१० कित्ताका दरले पाउने छन् ।

एक हजार लगानी गरेको एफपीओ पाउने भाग्यमानीले नेप्सेमा सूचीकृत भई कारोबार शुरु हुने वित्तिकै २९ हजार नाफा कमाउने छन् ।