हेटौँडा । हेटौँडा–४, मा रहेको जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडको शनिवार १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
प्रमुख प्रशिक्षक संबिधान सभाका सदस्य प्रल्हाद लामिछानेको प्रमुख आतिथ्यता एवम् संस्थाका अध्यक्ष वसन्तराज गौतमको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
साधारण सभामा संस्थाका अध्यक्ष गौतमले प्रगति प्रतिवेदन, लेखा संयोजक राजु आर्यालले लेखा प्रतिवेदन, उपाध्यक्ष रामकुमार बिष्टले ऋण उप समितिको प्रतिवेदन र सचिव दीर्घनारायण भट्टराईले सचिवको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन जयराम धितालले प्रस्तुत गरेका थिए ।
साधारण सभामा २०८१ को एसइइ परीक्षामा सामुदायिक बिद्यालय तर्फ प्रगति माबि हेटौँडा–९ बाट ३.९६ जिपिए ल्याउने अनमोल उपाध्याय, संस्थागत बिद्यालय तर्फ निजामति आवाशीय माध्यामिक बिद्यालय धनकुटाबाट ३.६१ जिपिए ल्याउने साहिल बाबु प्रसाद, दश जोड दुई परीक्षामा हेटौँडा स्कुल अफ म्यानेजमेन्टबाट ३.४३ जिपिए ल्याउने स्वप्निल थापा, मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडावाट २०२५ को स्नातक तहको बैकिङ एण्ड फाइनान्स विषयको परिक्षामा ३.८९ जिपिए ल्याउन सफल उन्नति आचार्य र काठमाडौँ विश्व विद्यालयबाट एमडी पास गरेका डा. राहुल श्रेष्ठलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।
सहकारीका उपाध्यक्ष रामकुमार बिष्टले स्वागत गरेको कार्यक्रम संस्थाका सचिव दीर्घनारायण भट्टराईले सञ्चालन गरेका थिए । जिल्लाको विभिन्न क्षेत्रमा कार्यरत जनसेवक कर्मचारीहरुको सक्रियतामा २०६६ साल साउन १२ गते दर्ता भइ सञ्चालनमा आएको सहकारीमा हाल ८५९ जना शेयर सदस्य आवद्ध रहेका छन् ।












प्रतिक्रिया दिनुहोस्