हेटौँडा । हेटौँडा–६, चौघडा न्यूरेनीमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औँ वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष हिमाल पौडेलले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष श्यामप्रसाद भट्टराईले ऋण उपसमितिको प्रतिवेदन, सचिव रोमबहादुर न्यौपानेले शिक्षा उपसमितिको प्रतिवेदन, लेखा संयोजक दिपनराज आचार्यले लेखा समितिको प्रतिवेदन तथा सञ्चालक सदस्य रेखा मैनालीले महिला उपसमितिको प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभाको अवसरमा सहकारीले विभिन्न विधामा पुरस्कार तथा सम्मान वितरण गरेको छ । कार्यक्रममा ज्येष्ठ सदस्य जनुदेवी अर्याल र द्वारिकानाथ लामिछाने, असल बचतकर्ता निर्मला न्यौपाने र राजन पौडेल, असल ऋणी विन्दा बानियाँ र विजयकुमार हुमागाई, उद्यमी तर्फ पुष्पराज अधिकारी, समाजसेवी राजु गुरुङ तथा सञ्चारकर्मी अनिल पराजुलीलाई सम्मान गरिएको थियो ।
त्यसैगरी जोडी दम्पती, बाल बचतकर्ता, लघुवित्त समूह तथा एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।
संस्थाका ज्येष्ठ शेयर सदस्य द्वारिकानाथ लामिछानेको प्रमुख आतिथ्यता तथा अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थापक अध्यक्ष बासुदेव अधिकारी, निवर्तमान अध्यक्ष रघुप्रसाद आचार्य, सल्लाहकार बद्रीबहादुर पाठक, प्रल्हाद शर्मा आचार्य, गणेशकुमार श्रेष्ठ, शेयर सदस्य पूर्णभद्र चौलागाई, उर्मिला आचार्यलगायतको उपस्थिति रहेको थियो ।
संस्थामा हाल २ हजार ४ सय ९८ जना शेयर सदस्य आबद्ध रहेका छन् । संस्थाका अनुसार आर्थिक वर्ष ०८१÷०८२ सम्म शेयर पूँजी २ करोड ७१ लाख ३२ हजार रुपैयाँ, निक्षेप २७ करोड ४ लाख रुपैयाँ तथा लगानी २० करोड ९७ लाख रुपैयाँ पुगेको छ ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्