हेटौंडा । बकैया गाउँपालिकाको बकैया विशिष्टकृत सहकारी संघको अध्यक्षमा सोम बहादुर तिमिल्सिना चयन भएका छन ।
भदौ ५ गते गाउँपालिकाको कार्यालयमा भएको सहकारी संस्थाहरुको भेलाले वकैया विशिष्टकृत सहकारी संघमा तिमिल्सिनाको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा होमनाथ घिमिरे, सचिवमा तोयानाथ दाहाल, कोषाध्यक्ष लक्ष्मी घिमिरे र सहसचिवमा बलराम दुलाल चयन भएका हुन । यस्तै सदस्यहरुमा धनकुमारी तितुङ र याङ्क प्रसाद फुयाँल चयन भए ।
बकैया गाउँपालिकाभित्र अहिलेसम्म ४१ वटा सहकारी संस्था सञ्चालनमा रहेका छन् ।












प्रतिक्रिया दिनुहोस्