हेटौंडा । महिलाहरुले घरमै बसेर उत्पादन गरेको बिभिन्न सामग्री बिक्रीका लागि हेटौंडामा कोशेली घर सञ्चालनमा आएको छ ।

जाल्पादेवी महिला उद्यामी केन्द्रले व्यवस्थापन गर्ने गरी उपमहानगर क्षेत्रका उद्यामी महिलाहरुले उत्पादन गरेको सामग्री बजारीकरणका लागि कोशेली घर सञ्चालनमा ल्याईएको हो । कोशेली घरको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले उद्घाटन गरेकी थिइन् ।

उपमहानगरपालिकाको बिभिन्न वडाहरुमा सञ्चालन लक्षित बर्गका सिपमुलक तालिम लिई उत्पादनमा लागेपनि बजारिकरणमा समस्या व्यहोर्दै आएका महिलाहरुको उत्पादनलाई बजार सम्म लैजान कोशेली घरले पुलको काम गर्ने व्यवस्थापक जाल्पादेबी महिला उद्यमी केन्द्रका अध्यक्ष गिता मैनालीले बताइन् ।