हेटौंडा । राष्ट्रिय विमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा नेपाली कांग्रेस मकवानपुरका नेता दिनेश उपाध्यय नियुक्त भएका छन् ।

मन्त्रीपरिषदको बैठकले उपाध्ययलाई चार वर्षको लागि सञ्चालक समिति अध्यक्षमा नियुक्त गरेको हो । उनी मकवानपुर जिल्ला सहकारी संघका सचिव पनि हुन् ।

समितिका अन्य चार जना सदस्य भने अब छिट्टै नियुक्त हुने नवनियुक्त अध्यक्ष उपाध्ययले बताए । सरकारी स्वामित्वका रहेको संस्थानलाई थप प्रभावकारी र मजवुत बनाउँदै विमा क्षेत्रमा रहेको समस्या समाधान गर्नेतर्फ आफ्नो ध्यान हुने उपाध्ययको भनाई छ ।