हेटौंडा । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा हरिप्रसाद कंडेल निर्विरोध चयन भएका छन् ।

शुक्रबार भएको संघको १० औँ अधिवेशनबाट चार बर्षे कार्यकालका लागि अध्यक्षमा कंडेल सर्वसम्मत चयन भएका हुन् । संघको उपाध्यक्षमा अर्जुनप्रसाद देवकोटा, महिला सदस्यमा सावित्रिदेवी तिमल्सिना, सरिता तिमल्सिना, खुल्ला सदस्यमा जनकप्रसाद रेग्मी, धनबहादुर कार्की, इन्द्रप्रसाद खतिवडा, कृष्णप्रसाद चौलागाई, हेमप्रसाद न्यौपाने र तिलकप्रसाद रेग्मी निर्विरोध चयन भएका छन् ।

यसैगरी संघको लेखा सुपरिवेक्षण समितिको संयोजकमा विरबहादुर गोले र सदस्यमा देवराज भण्डारी र खिलारत्न लामा चयन भएका छन् ।