हेटौंडा । हेटौंडा–६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा सूर्य बहादुर घलान निर्विरोध निर्वाचित भएका छन । समूहको शनिवार सम्पन्न भएको २१ औं वार्षिक साधारणसभाको बन्द सत्रले घलानको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा घनप्रसाद सापकोटा, सचिवमा रजनी गौतम, कोषाध्यक्षमा ईन्दिरा जिम्बा, सहसचिवमा सविना विश्वकर्मा रहनु भएको छ । यसैगरि सदस्यहरुमा तुल बहादुर लम्साल, देवी खड्का, गीता खत्री, हरिप्रसाद दाहाल, श्वेता लामा र सुनमाया थिङ रहनु भएको छ । लेखा समितिको संयोजकमा भानुप्रताप बिडारी चयन भएका छन ।

साधारणसभामा समूहका अध्यक्ष सूर्यबहादु घलानले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष ईन्दिरा जिम्बाले लेखा परीक्षण प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभामा प्रष्टखवर दैनिकका वरिष्ठ सम्वाददाता सुनिल शिवाकोटी, डावर नेपालका एशोसियट मेनेजर विष्णु केसी, उपभोक्ता हरिप्रसाद दाहाललाई सम्मानित गरिएको थियो । हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा साधारणसभामा भएको थियो ।

साधारणसभामा हेटौंडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, १५ का वडा अध्यक्ष सुनिल मुक्तान, हेटौडा–६ का वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, सरिता सापकोटा, हेटौडा–१५ का वडा सदस्य राजेन्द्र तितुङ, मिरा विक, फेकोफन मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, चित्रेपानी सामुदायिक वन हेटौंडा–७ र ८ का अध्यक्ष बालकुमारी थापा, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, नारायणी दूग्ध सहकारीका अध्यक्ष ईन्द्रमणी गौतम,सञ्चारकर्मी भीमसेन पौडेल लगायतको सहभागित थियो ।

१२७.५० हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा ४ सय घरधुरी आवद्ध रहेका छन ।

भीमसेन पौडेल
थप जानकारी