हेटौंडा । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३३ औं वार्षिक साधाणसभा शनिवार सम्पन्न भएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष अर्जुनप्रसाद दाहालको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा समूहका अध्यक्ष दाहालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष राजन चौलागाईले आव. ०७९/०८० को लागि २ करोड २२ लाखको अनुमानित आयव्यय विवरण र लेखा समिति संयोजक श्यामलाल श्रेष्ठले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
भेलामा समूहलाई विभिन्न विद्यामा सहयोग गर्ने प्रविण गौतम, मुक्तीनाथ गौतम,प्रेम हुमागाई, राजु गुरुङ, मुना दाहाललाई सम्मान गरिएको थियो ।
साधारणसभामा हेटौडा–१७ का वडा अध्यक्ष उद्धव सत्याल, मकवानपुरगढी–२ का वडा अध्यक्ष बखान सिह पाख्रिन, हेटौडा उपमहानगरपालिका कार्यपालिका सदस्य अर्जुन बहादुर राई, हेटौडा–१७ का वडा सदस्य नवराज न्यौपाने, लेखकुमारी तिमल्सिना,समूहका सल्लाहकार भैरब बहादुर राई, लक्ष्मण बटुवाल, सव डिभिजन वन कार्यालय हर्नामाडीकी सहायक वन अधिकृत सविना रिजाल, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष ज्ञान बहादुर क्षेत्री, अशोक सामुदायिक वनका अध्यक्ष बलराम अधिकारी, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, चण्डीका माविका अध्यक्ष राजकुमार गोले, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, समूहका उपाध्यक्ष कल्पना पराजुली लगायतको सहभागिता रहेको थियो ।
२ सय ३४ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा करिव ११ सय घरधुरी आवद्ध रहेको कार्यालय सचिव केदार प्रसाद गौतमले बताए ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्