![](https://anirudrakhabar.com/wp-content/uploads/2023/02/1212.jpg)
![](https://anirudrakhabar.com/wp-content/uploads/2023/02/1212.jpg)
किनारमा बसेको सानो मनलाई
अन्यत्र कहीं कतै
डोराएर लान्छ भने
त्यसको लागि यो मन
सदा सर्बदा उसकै
छाँया संगै जोडिएका
अनगिन्ती यादहरुको पोको
संगालेर पर लान्छ।।
हो तिनै याद
जसको केबल
सुक्ष्म विश्लेषण गरेका
दिमागी क्षमता अनुरुप
निस्तेज पारि
मनका भित्री हृदयदेखि नै
पखालेर उपयुक्त स्थानमा
बिसर्जन गरे झै भान हुन्छ।।
म त एक माध्यम न हु
मन कतै
तन कतै
आफ्नो जिवनको लेखा जोखा
नगरी
एउटा हौसला प्रदान गर्ने
शक्ति को खोजिमा
बस यसरी नै
रुमलिन थाल्दै छु ।।
रवि खड्का (आर_के_यात्री)
बुढानिलकण्ठ, काठमाडौं
प्रतिक्रिया दिनुहोस्